संघीयताको कसीमा बजेट” बिषयक छलफल कार्यक्रम

मकवानपुर । फेडरलिजम् एण्ड लोकलाइजेसन सेन्टरद्वारा बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा काठमाडौंमा पुर्व- बजेट परामर्श सम्बन्धी “संघीयताको कसीमा आ.व. २०८२/८३ को बजेट” बिषयक छलफल कार्यक्रम सम्पन्न भयो।

बुधबार फेडरलिजम् एण्ड लोकलाइजेसन सेन्टरद्वारा बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयसँगको सहकार्यमा पूर्व-बजेट परामर्श कार्यक्रम आयोजना गरिएको थियो।

बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ, नेपाल सरकारका पूर्व अर्थमन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा र सुरेन्द्र पाण्डे, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ, बागमती प्रदेश सभामा अर्थ समिति सभापति नुरज बज्राचार्य, राष्ट्रिय योजना आयोग र वित्त आयोगका पदाधिकारी तथा सदस्यहरू, गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्ष लक्ष्मी पाण्डे, अर्थ मन्त्रालय वित्तीय महाशाखा प्रमुख  महेश बराल, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सहकारी महासंघका उपाध्यक्ष इन्दिरा पन्त, प्राकृतिक स्रोत तथा वित्त आयोगका कावा अध्यक्ष जुध्दमान गुरुङ, राष्ट्रिय योजना आयोगका सदस्यहरु गंगादत्त अवस्थी र गीता पौडेल अधिकारी, प्रदेश नीति तथा योजना आयोगका सदस्य गुणराज मोक्तानलगायतका सहभागीहरुले आगामी बजेटका सन्दर्भमा सुझाव एवम् धारणा राखेका थिए ।

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले स्वागत गरेको कार्यक्रममा फेडरलिजम् एण्ड लोकलाइजेसन सेन्टर (एफएलसी) का अध्यक्ष डा. खिमलाल देवकोटाले पूर्व-बजेट परामर्श: आर्थिक वर्ष २०८२/८३ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पूर्व मन्त्रीहरू, प्रतिनिधिसभाका सदस्यहरू, पूर्व सांसदहरू, राष्ट्रिय योजना आयोगका सदस्यहरू, सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र संचारकर्मीहरुको सहभागिता रहेको कार्यक्रम निर्देशक प्रह्लाद लामिछानेले बताए।