
पूर्व–बजेट परामर्श सम्पन्न
हेटौँडा, जेठ १ गते ।
बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयसँगको सहकार्यमा फेडरलिजम् एण्ड लोकलाईजेशन सेन्टले काठमाडौंमा पूर्व–बजेट परामर्श सम्बन्धी “संघीयताको कसीमा आ.व. २०८२/८३ को बजेट” विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार काठमाडौँमा भएको उक्त कार्यक्रममा बागमती प्रदेशको आगामी आवको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताका बारेमा छलफल भएको थियो ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको अध्यक्षतामा भएको सो कार्यक्रम पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा भएको थियो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ विशेष अतिथि रहनुभएको उक्त छलफल कार्यकःममा पूर्व अर्थमन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा र सुरेन्द्र पाण्डे, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ, बागमती प्रदेश सभामा अर्थ तथा विकास समिति सभापति नुरज वज्राचार्य, राष्ट्रिय योजना आयोग र वित्त आयोगका पदाधिकारी तथा सदस्यहरू, गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्ष लक्ष्मी पाण्डे, अर्थ मन्त्रालय वित्तीय महाशाखा प्रमुख महेश बराल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सहकारी महासंघका उपाध्यक्ष इन्दिरा पन्त, प्राकृतिक स्रोत तथा वित्त आयोगका कावा अध्यक्ष जुध्दमान गुरुङ, राष्ट्रिय योजना आयोगका सदस्यहरु गंगादत्त अवस्थी र गीता पौडेल अधिकारी, प्रदेश नीति तथा योजना आयोग बागमतीका सदस्य गुणराज मोक्तानलगायतले धारणा राख्नुभएको थियो।
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले स्वागत गर्नुभएको सो कार्यक्रममा फेडरलिजम् एण्ड लोकलाइजेसन सेन्टरका अध्यक्ष डा. खिमलाल देवकोटाले पूर्व–बजेट परामर्शः आर्थिक वर्ष २०८२/०८३ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा एफएलसीका कार्यकारी निर्देशक प्रकाश पन्थ, प्रह्लाद लामिछाने, मोहम्मद अयुव, पूर्व मन्त्रीहरू, प्रतिनिधिसभाका सदस्यहरू, पूर्व सांसदहरू, प्रदेश सभाका सदस्यहरु, राष्ट्रिय योजना आयोगका सदस्यहरू, सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरूलगायतको सहभागीता रहेको थियो ।