News Details

  • By Admin
  • 2024-12-09
  • 10.19PM

संघीयताको कसीमा शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट तर्जुमा र वितरण सम्बन्धी विश्लेषण

फेडरलिजम् एण्ड लोकलाइजेसन सेन्टरको आयोजनामा शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट तर्जुमा र वितरण सम्बन्धी विश्लेषण तथा छलफल कार्यक्रम काठमाडैंमा सम्पन्न भयो । 

कार्यक्रममा संघीय संसद, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा, राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पा,  राष्ट्रियसभाका प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी, राष्ट्रियसभा दलका पूर्व नेता राधेश्याम अधिकारी लगायत सम्बन्धित समितिका माननीय सदस्यहरु, अर्थ मन्त्रालयका वितिय संघीयता महाशाखा प्रमुख थानप्रसाद पंज्ञानी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बजेट शाखा प्रमुख शालिकराम दाहाल, गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेल लगायत सम्बन्धित मन्त्रालय तथा संसदीय समितिका सचिव तथा कर्मचारीहरु र सरोकारवालहरुको सहभागिता रहेको थियो । 

फेडरलिजम् एण्ड लोकलाइजेसन सेन्टरका अध्यक्ष डा. खिमलाल देवकोटाले संघीयताको कसीमा शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट तर्जुमा र वितरण सम्बन्धी विश्लेषण प्रस्तुत गर्नुभएको थियो ।

२०८१ मंसिर २४ गते, बसेरा बुटिक होटल, सिंहदरवार, काठमाडौं ।