News Details

संघीयताको कसीमा कृषि र श्रम क्षेत्रको बजेट तर्जुमा र वितरण सम्बन्धी विश्लेषण कार्यक्रम सम्पन्न
संघीयताको कसीमा कृषि र श्रम क्षेत्रको बजेट तर्जुमा र वितरण सम्बन्धी विश्लेषण कार्यक्रम सम्पन्न
फेडरलिजम् एण्ड लोकलाइजेसन सेन्टरको आयोजनामा कृषि र श्रम क्षेत्रको बजेट तर्जुमा र वितरण सम्बन्धी विश्लेषण तथा छलफल कार्यक्रम आज काठमाडैंमा सम्पन्न भयो ।
कार्यक्रममा संघीय संसद, प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका माननीय सभापति कुसुमदेवी थापा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका माननीय सभापति अब्दुल खांन, राष्ट्रियसभाका विपक्षी दलका प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी, प्रतिनिधिसभा प्रमुख विपक्षी दलका सचेतक रुपा सो.शी. चौधरी, संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयका पूर्वमन्त्री तथा प्रतिनिधीसभा कृषि समितिका माननीय सदस्य भानुभक्त जोशी, प्रतिनिधिसभाका कृषि तथा श्रम समितिका माननीयहरु क्रमश सरस्वती सुव्वा, कान्तिका सेजुवाल, रेखा यादव, शान्ति चौधरी, सीता मिजार र राष्ट्रियसभाका संघीयता सवलीकरण तथा राष्ट्रिय सरकोकार समितिका माननीय सदस्यहरु उदयबहादुर वोहरा, विष्णुकुमारी सापकोटा, राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय योजना आयोगका माननीय सदस्य गंगदादत्त अवस्थी लगायत सम्वन्धित मन्त्रालयका कर्मचारीहरु, संसदीय समितिका सचिव तथा अधिकृत कर्मचारीहरु सहित करिव ३५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको औचत्यका वारेमा फेडरलिजम् एण्ड लोकलाइजेसन सेन्टरका कार्यकारी निर्देशक प्रकाश पन्थले प्रकाश पार्नुभएको थियो भने अध्यक्ष डा. खिमलाल देवकोटाले प्रस्तुती गर्नुभएको थियो । हिजो शिक्षा तथा स्वास्थ्य मन्त्रालय र आज कृषि र श्रम मन्त्रालयको प्रस्तुति रहेकोमा सहभागितामूलक विधीमार्फत छलफल र अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।