News Details

  • By Admin
  • 2025-08-14
  • 01.42AM

कोशी प्रदेशको संघीयता अभ्यास र आन्तरिक राजस्वबारे एफएलसीको अध्ययन प्रतिवेदन हस्तान्तरण

फेडरलिज्म एण्ड लोकलाइजेशन सेन्टर (एफएलसी) ले कोशी प्रदेश स्थापना कालदेखि आर्थिक वर्ष २०८१/८२ सम्मको संघीयता अभ्यासका प्रमुख उपलब्धि र सामना गरेका चुनौतीहरूको विश्लेषणात्मक अध्ययन तथा प्रदेशहरूको आन्तरिक राजस्व प्रवृत्ति सम्बन्धी अध्ययन सम्पन्न गरेको छ।

मिति २०८२ साउन २९ गते, संस्थाका अध्यक्ष डा. खिमलाल देवकोटा र एफएलसीका कोशी प्रदेश संयोजक मुरारी सुवेदीले उक्त दुवै प्रतिवेदन कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिकमत कुमार कार्कीलाई हस्तान्तरण गर्नुभयो।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता माननीय उद्धव थापा, आर्थिक मामिला तथा योजना मन्त्री माननीय रामबहादुर मगर, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शंकर नेपाल, मुख्य सचिव चन्द्रकला पौडेल, स्वीस विकास नियोगको प्रादेशिक सहयोग कार्यक्रमका संयोजक महेश नेपाल तथा अन्य अधिकारीहरूको उपस्थिति थियो।